+
+

कुलेन्द्र र सम्झनाले नचाए बेल्जियमका नेपालीलार्इ  

बेल्जियम । चर्चित लोक गायक गायिका कुलेन्द्र विश्वकर्मा र सम्झना लामिछाने मगरले बेल्जियमका नेपालीहरूलार्इ नचाएका छन् । विश्व मगर संघ बेल्जियमद्वारा आयोजित विशेष सांस्कृतिक कार्यक्रममा उनीहरूले भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २० गते ११:०३

belgium-1कुल मगर

बेल्जियम । चर्चित लोक गायक गायिका कुलेन्द्र विश्वकर्मा र सम्झना लामिछाने मगरले बेल्जियमका नेपालीहरूलार्इ नचाएका छन् । विश्व मगर संघ बेल्जियमद्वारा आयोजित विशेष सांस्कृतिक कार्यक्रममा उनीहरूले भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा लोक पप गायिका श्रेया राईका साथै स्थानीय कलाकारहरु सुष्मा कार्की, मोनालिषा पोख्रेल, कृतिका रजानमगर, मेरिना रजान मगर, एनिसा रानामगर, निंगमा घर्तिमगर, सुम्निमा रार्इ, सुशीला रोकामगर, आशिका पुनमगर, टीका पुनमगर, निक्की पुनमगर, सीमा पुनमगर, अनिश आलेमगर, अरबिन राम्जालीमगर, बबिन रानामगर, सारा धिताल, अनोज रजानमगर, निंगमा घर्तिमगर र जय गुरुङको प्रस्तुतिले कार्यक्रम रौनकपूर्ण भएको  थियो ।

belgium-2संघको अध्यक्ष मार्के मगरको अध्यक्षता तथा महासचिव कुलबहादुर रजानमगरले संचालन गरेको उक्त कार्यक्रमको प्रमुख अथिति नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमको अध्यक्ष पेम्बा गेल्बु शेर्पा थिए । कार्यक्रममा कूल पूजा, धनुकाँड खेल, चेलिबेटीको सगुन तथा चेली सम्मान मुख्य आकर्षण थियो ।

संस्थाको कार्यक्रम सफल बनाउनको लागि संघको सल्लाहकार नेत्र रजान मगरले  एकजना कलाकारको हवाई टिकेट स्पोन्सर गरेको र संस्थाको सम्पूर्ण पदाधिकारीदेखि सदस्यहरुसम्म एक सय यूरोदेखि ५० यूरोसम्म आर्थिक सहायोग गरि लगभग चार हजार यूरो आर्थिक सहयोगको घोषणा मंचबाट गरिएको थियो  ।

लोक कलाकारद्वयको चर्चित गीतहरु  जमदार बाको आगनीमा, रुमाल हल्लाई हल्लाई, मायाको घर त, नजाउ है सानु पँधेरीमा,  बेल्जियम जर्मनी, फुल फुलेर पहेलै भयो, मायाले नबोली नबोली फसायो आदि गीतहरु हिट देखिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?