+
+

नागरिक अगुवा र ओलीवीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १० गते १९:३०

१० फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादी नेतृत्वको मोर्चामा संविधान निर्माणको भन्दा फरक उद्देश्य देखापरेको बताएका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

पार्टी केन्द्रीय कार्यालय मदननगर, बल्खुमा आइतबार नागरिक समाजका अगुवाहरुको प्रतिनिधि मण्डलसँगको भेटमा ओलीले संविधान बनाउनेतर्फ विपक्षी मोर्चाको रुची नदेखिएको बताए ।

‘तपाईहरुको समेत आग्रह र जमानीमा वार्ताको वातावरण सहज होस् भनेर संविधानसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरियो’ ओलीले भने-‘प्रधानमन्त्रीबाट बारम्बार वार्ताका लागि आह्वान गरिए पनि वार्तामा बस्न इन्कार गरेर उनीहरुले संविधान बनाउने भन्दा अर्कै उद्देश्य रहेको देखाए’ ।

भेटमा नागरिक समाजका अगुवाहरुले एमाओवादी नेताहरुले पनि कुनै न कुनै हिसाबले सहमति खोज्न चाहेको आफूहरुलाई अनुभूति भएकोले हतार नगर्न सुझाव दिएका थिए । उनीहरुले सम्वादलाई सुचारु गर्न र सहमतिको बिन्दु पहिल्याउन ओलीको विशेष पहल आवश्यक देखिएको बताएका थिए ।

भेटमा नागरिक समाजको तर्फबाट चरण प्रसाइँ, सुबोधराज प्याकुरेल, डा. सुन्दरमणि दीक्षित, प्रा. वीरेन्द्र मिश्र, शर्मिला कार्की र गणेश मण्डल सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?