+
+

यातायातमा पत्रकारलाई १० प्रतिशत छुट

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १४ गते १७:१७

१४ फागुन, बागलुङ । बुर्तिवाङ यातायात व्यवसायी समितिले पत्रकारलाई सवारी भाडामा छुटको व्यवस्था गरेको छ ।

समितिभित्र आबद्ध सार्वजनिक भाडाका सवारीमा पत्रकारलाई सहुलित दिन थालेको हो । पत्रकारका लागि बसमा ४० प्रतिशत र जिपमा १० प्रतिशत छुट दिइएको समितिका महासचिव नरहरि भुसालले जानकारी दिएनुभयो ।

जिल्लाका १५ जना क्रियाशील पत्रकारलाई पत्रकार सहुलियत परिचयपत्र उपलब्ध गराइएको छ । “एउटा सञ्चार माध्यमबाट एकजना पत्रकारलाई छुट दिने व्यवस्था गरेका छौँ, छुट पाउनका लागि आफू कार्यरत सञ्चार संस्था र समितिले जारी गरेको परिचयपत्र अनिवार्य साथमा हुुनुपर्छ” महासचिव भुसालले भन्नुभयो ।

समितिमार्फत चल्ने बुर्तिवाङ–काठमाडौँ, बुर्तिवाङ–बागलुङ, बागलुङ–बुर्तिवाङ बस सेवा र बुर्तिवाङ–बागलुङ जिपमा पत्रकारले छुट प्राप्त गर्नेछन् ।

छुटका लागि पत्रकारहरुले समितिसँग माग गरेको नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव दील शिरिषले बताउनुभयो । ‘‘अन्य यातायात समितिसँग पनि छुटको माग गरेका थियौं’’ उहाँले भन्नुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?