+
+

भुटानमा २८ हजार नेपालीभाषी अनागरिक

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १७ गते ७:०१

१७ फागुन, काठमाडौं । भुटानभित्रै रहेका २८ हजार नेपालीभाषीले सरकारले खोसेको नागरिकता अझै फिर्ता पाएका छैनन् । सन् १९९० को दशकको सुरुमा राजनीतिक आन्दोलनमा जोडिएको आरोप लगाउँदै खोसेर दरबार पुर्‍याइएको नागरिकता उनीहरुले अझै नपाएका हुन् ।

भुटानको राजदरबार
भुटानको राजदरबार

‘सन् १९९० को दशकमा राजनीतिक आन्दोलनमा लागेका हामीलाई सरकारले देशनिकाला गर्‍यो, तर आन्दोलनमा कतै न कतै जोडिएको आरोपमा २८ हजार नेपालीभाषीको नागरिकता खोसेर राजाकहाँ पुर्‍याइएको छ । त्यो फिर्ता नपाउँदा उनीहरु आधारभूत सुविधाबाट पनि बञ्चित हुनपरेको छ,’ भुटान नेसनल डेमोक्रेटिक पार्टी (बिएनडिपी) का कार्यकारी अध्यक्ष डा. डिएनएस ढकालले बताएको नयाँ पत्रिकामा खबर छ ।

नेपालीभाषीलाई अनागरिक बनाउने तत्कालीन सरकारको निर्णयविरुद्ध आन्दोलित भएका नेपालीभाषी र सारछोक्पा जातिका भुटानीलाई राजाको आदेशमा देशनिकाला गरिएको थियो । त्यतिबेला देशनिकालामा नपारिएका २८ हजार नेपालीभाषीको नागरिकता खोसेर सरकारले शिक्षा, स्वास्थ्य रोजगारीजस्ता आधारभूत सुविधाबाट वञ्चित गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?