+
+

मोबाईल चार्ज गर्दा करेन्ट लागेर एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १७ गते ८:५६

१७ फागुन, सिन्धुपाल्चोक । मोबाईल चार्ज गर्नेक्रममा करेन्ट लागेर सिन्धुपाल्चोकमा एक महिलाको ज्यान गएको छ ।

मेलम्ची नगरपालिका वडा  नम्बर ८ गिरानचौरमा शनिबार बेलुकी करेण्ट लागेर स्थानीय ३१ वर्षकी मनुमाया दोङ तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए ।

बेलुकी करेन्ट आएपछि मोवाईल चार्ज गर्नेक्रममा हाई भोल्टेजका कारण करेन्ट लीग भएरपछि उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारका लागि स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो ।
कूल तामाङबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?