+
+

शाहरुखको कार्यक्रममा कपिल शर्मा अतिथि

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १७ गते ९:५६

kapil-sarukh
मुम्बई । अभिनेता शाहरुख खानले सञ्चालन गर्ने टेलिभिजन कार्यक्रममा कमेडियन कपिल शर्मा अतिथिका रुपमा सहभागी हुने भएका छन् ।

बलिउड लाईफले उल्लेख गरेअनुसार शाहरुखले सञ्चालन गर्ने गेम शो ‘इण्डिया पुछेगा सबसे साना कौन ?’ मा कपिललाई अतिथिका लागि आग्रह गरेका हुन् । यो कार्यक्रम भोलि सोमबारदेखि प्रशारण हुने छ ।

आफुले कार्यक्रम सम्झौता गरेको कलर्स च्यानलले अनुमति दिएको खण्डमा शाहरुखको सोमा सहभागी हुन सक्ने भन्दै कपिलले ट्वीट गरेका छन् ।

त्यसो त अभिनेता शाहरुख खान कपिलको कार्यक्रम ‘कमेडी नाईट वीथ कपिल’ मा धेरै पटक सहभागी भएका छन् । शाहरुख आफ्नो फिल्म ‘ह्याप्पी न्यु इयर’ रिलिज हुँदा पनि कपिलको कार्यक्रममा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?