+
+

इलामका तीन सय सात जना विद्यार्थीले एसएलसी दिन नपाउने

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २१ गते ८:५५

२१ फागुन, इलाम । इलामका तीन सय सात जना विद्यार्थी एसएलसी दिनबाट बञ्चित भएका छन् । ७५ प्रतिशत हाजिर नपुगेको तथा राजश्व नतिरेकाले बञ्चित हुने भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

slc-examशिक्षा कार्यालयका अनुसार अभिभावक र स्वयम् विद्यार्थीको लापर्बाहीका कारण उनीहरु परीक्षा दिनबाट वञ्चित भएका हुन् । शिक्षा नियमावलीअनुसार ७५ प्रतिशत हाजिर नपुगेका विद्यार्थीलाई परीक्षामा सामेल नगराउने भन्ने विषयले गर्दा धेरै विद्यार्थी परीक्षाबाट वञ्चित हुनुपरेको जिल्ला शिक्षा कार्यालयका परीक्षा फाँटका अम्बिकाप्रसाद खनालले बताए ।

प्रवेशिकामा इलामका ६ हजार ९ सय ८२ विद्यार्थी सामेल हुने भएका छन् । एक्जाम्जेटेडतर्फ तीन हजार १ सय ८९ र नियमिततर्फ तीन हजार ७ सय ९३ जना रहेका छन् । यस्तै खुल्लातर्फ ७५ जना नियमित र १३ जना एक्जाम्टेडले परीक्षा दिने जिशिकाले जानकारी दिएको छ ।

यस वर्ष एसएसली परीक्षाका लागि ३० वटा परीक्षा केन्द्र निर्धारण गरिएको जिशिकाले जनाएको छ । केन्द्र निर्धारण गरिए पनि केन्द्राध्यक्ष भने नियुक्ति भइनसकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?