+
+

रंगको पर्वले सबै नेपालीको जीवन रंगिन बनोस्ः प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २१ गते ९:२९

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले नेपालीले मनाउने रंगको पर्वले सबै नेपालीको जीवन रंगिन र उल्लासमय बन्ने विश्वास व्यक्त गरेका छन् ।

susil-koiralaफागु पूणिर्मा अर्थात होली पर्वको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री कोइरालाले असत्यमाथि सत्य र खराबमाथि असल पक्षको विजयको रुपमा लिइने होली पर्वले मुलुकभर हर्षोल्लास छर्ने बताए ।

हाम्रा चाडपर्वहरूले विविधतायुक्त नेपाली समाजमा सद्भाव बढाउदै आएको भन्दै कोइरालाले नेपाली समाजलाईर् एकताबद्ध गर्न र आ-आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्बर्धन गर्न पनि अभिप्रेरित गरिरहेको बताए ।

उपराष्ट्रपछि परमानन्द झाले पनि फागुपूणिर्माको अवसरमा शुभकामना दिँदै नेपाली माझ साझा चाडका रुपमा रहेको होलीको सम्पूर्ण नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र भाईचाराको अभिवृद्धि गर्नु मूल उद्देश्य रहेको बताएका छ्न ।

तोरन्लको शुभकामना

यसैबीच प्रधानमन्त्री कोइरालाले थकाली समुदायको महान पर्व ‘तोरन्ल’ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त थकाली समुदायका दिदी बहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

प्रधानमन्त्री कोइरालाले प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक राष्ट्र भएको उल्लेख गर्दै नेपालमा बसोबास गर्ने विभिन्न जात-जातिका आ-आफ्ना मौलिक जातीय, भाषिक, सांस्कृतिक र धार्मिक परम्परा राष्ट्रिय पहिचान भएको बताए ।

नेपाली भूभागमा बस्ने समस्त नेपालीहरू बीचमा शदिऔंदेखि रहदै आएको पारस्परिक सद्भाव र सहयोगको भावना नै हाम्रो राष्ट्रिय एकताको आधारका रुपमा विकसित हुँदै आएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?