+
+

यदु स्मृति पत्रकारिता पुरस्कार बालकुमारलाई

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २१ गते १८:१२

Bal Kumar Nepal२१ फागुन, काठमाडौं । यस वर्षको यदु स्मृति पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्टका बरिष्ठ संवाददाता बालकुमार नेपालले पाएका छन् । यदु स्मृति पत्रकारिता पुरस्कार पाउने नेपाल १३ औं पत्रकार हुन् ।

यदु स्मृति प्रतिष्ठानद्धारा विहिवार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई १५ हजार नगद सहित पुरस्कार र प्रमाणपत्र प्रदान गरेका हुन् ।

नेकपा एमालेका तत्कालिन रुकुम जिल्ला सचिव यदु गौतमको तत्कालिन विद्रोही माओवादीले २०५५ सालमा हत्या गरेका थिए । उनको स्मृतिमा हरेक वर्ष फागुन २१ गते एकजना पत्रकारलाई पुरस्कृत गरिदै आएको यदु पत्नी तीर्था गौतमले बताइन् ।

पुरस्कार छनौट समितिका संयोजक तथा एमाले केन्द्रीय सदस्य सूर्य थापाले ओखलढुंगा निवासी नेपालले ओखलढुंगामा माओवादीबाट गैर न्यायिक हत्या गरिएका व्यक्ति र यदु हत्या बेला समेत हिंसा विरुद्ध निर्भिकताका साथ कलम चलाएको उनलाई छनौट गरिएको बताए ।

ओखलढुंगाका छबी कार्की, गणेश श्रेष्ठ, उज्जन श्रेष्ठ, गुरु लुईंटेलहरुको हत्याका घटनामा नेपालले हिंसा विरुद्ध कमल चलाएको स्मरण गर्दै थापाले अदालतबाट जन्मकैद सजाय पाएका बालकृष्ण ढुंगेलको धम्कीको पर्वाह नगरेको भन्दै नेपाललाई छनौट गर्नुको औचित्य प्रष्ट पारे ।

सोही अवसरमा पुरस्कृत पत्रकार बालकुमार नेपालले हिंसा विरुद्ध न्याय र शान्तिको पक्षमा कलम चलाउदा आफूले पुरस्कारको अपेक्षा नगरेको बताए ।

पुरस्कार वितरण समारोहमा एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले तत्कालिन माओवादीका महामन्त्री प्रचण्डलाई तत्कालीन राजा वीरेन्द्रका सैनिक सचिव विवेक शाहको घरमा गोप्य बैठकमा देख्नु नै उनको मृत्युको कारण बनेको दावी गरे ।

‘यदु गौतम मितदाजुको नाताले विवेक शाहकोमा गएका बेला प्रचण्डले एक घण्टा गोप्य गरेको देखेपछि उनले तत्कालीन माओवादीमा लिखित असहमति दर्ज गराए, त्यहिँबाट उनी विरुद्ध षडयन्त्र शुरु भयो,’ पोखरेलले भने, ‘यदु गौतम त्यसपछि माओवादी छाडेर एमाले भए र हत्याको कारण पनि त्यहि नै बन्यो ।’

सो कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य थममाया थापा, प्रकाश ज्वाला, केन्द्रीय सदस्य तथा सभासद यज्ञराज सुनुवार लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?