+
+

बर्थ डे बिशेषः यी हुन् श्रेयाका लोकप्रिय १० गीत

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २८ गते ९:२०

shraya-1केही नेपाली गीतसमेत गाएकी बलिउड गायिका श्रेया घोसाल थप एक बर्ष परिपक्क भएकी छिन् । सन् १९८४ मार्च १२ मा जन्मिएकी श्रेया आजबाट ३१ बर्ष लागेकी छिन् । १६ बर्षकै उमेरमा बलिउडमा डेब्यु गरेकी श्रेयाले हजारौं प्रतिस्पर्धीलाई पछि पार्दै रियालिटी सो सारेगमपा जितेर चर्चामा आएकी थिइन् ।

सन् २००२ मा संजयलिला भन्सालीको देबदासमा ब्रेक पाएपछि उनले बलिउडमा पछि फर्केर हेर्नुपरेको छैन् । देवदासमा उनले कुल ८ मध्ये पाँचवटा गीत गएकी थिइन् जसमध्ये ‘डोला रे डोला’ निकै लोकपि्रय भयो । उनी बलिउडमा ‘मेलोडी क्वीन’का रुपमा समेत पुकारिन थालेकी छिन् ।

यही फेब्रुअरीमा उनले आफ्नो लामो समयदेखिका प्रेमी शिलादित्यसँग बिबाह गरेको घोषणा गरेर सवै फ्यानलाई चकित पारेकी थिइन् । उनले आफ्नो बिहेको घोषणा फेसबुक र ट्वीटरमार्फत गरेकी थिइन् ।

श्रेयाले आफ्नो करियरमा सयौं लोकपि्रय गीत गाइसकेकी छिन् । हामी आज तपाईंलाई उनका केही लोकपि्रय गीतका भिडियो प्रस्तुत गर्दैछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?