+
+

बसको ठक्करबाट युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २८ गते १०:३९

२८ चैत, दाङ । दाङमा बसको ठक्करबाट एक युवकको मृत्युभएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङ सडकखण्डको सतबरीया ६ स्थित भौकामा बसको ठक्करले पैदलयात्री २८ वर्षका इस्रात चौधरीको मृत्यु भएको हो ।

रिहारबाट लमहिका लागि छुटेको रा १ ख ४५१ नम्बरको बसेले चौधरीलाई ठक्कर दिएको थियो । उनलाई उपचारका लागि लैजानेक्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?