+
+

मन्त्री रिजाल दम्पत्तिले शरीरका अंग दान गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १ गते १७:४१

१ वैशाख, काठमाडौं । सञ्चार मन्त्री डा. मीनेन्द्र रिजाल र उनकी पत्नी दुर्गा रिजालले शरीरका काम लाग्नेजति अङ्ग दान दिने घोषणा गरेका छन् ।

minendra-riajalमानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर र आरोग्य फाउन्डेसनद्वारा संयुक्त रुपमा आयोजित छैठौँ नेपाल प्रत्यारोपण खेलकुद प्रतियोगिताको शुभारम्भ गर्दै रिजाल दम्पत्तिले भने–“हामी शरीरका काम लाग्नेजति अङ्ग दान दिन प्रतिबद्ध छौँ ।”

चिकित्सकका अनुसार मृत्युपछि मानव अङ्गहरु खासगरी आँखा, मिर्गौला, कलेजोलगायतका अङ्ग दोस्रो व्यक्तिलाई काम लाग्न सक्छ । नेपालमा मानव अङ्ग आँखा र मिर्गाैला प्रत्यारोपण कार्य सफलतापूर्वक अगाडि बढिरहेको छ । अङ्ग दानसम्बन्धी ऐन परिमार्जन नहुँदा कलेजो प्रत्यारोपण कार्य हुन सकिरहेको छैन ।

उपप्रधानमन्त्री सिंह र मन्त्री डा रिजालले चिकित्सक, कलाकार  र मिर्गौला प्रत्यारोपण गरेकाहरुबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको शुभारम्भ गरे ।

प्रतियोगितामा दुवैतर्फबाट चार–चार गोल भएको थियो । प्रतियोगिताको टिम क्याप्टेन मन्त्री डा. रिजाल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ तथा मिर्गौला रोग विशेषज्ञ डा पुकार श्रेष्ठ र डा राजेश वर्माले उपकप्तान थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?