+
+

संविधानसभाको आजको बैठक शोक प्रस्तावमै सीमित हुने

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ६ गते ८:०९

CA building_BICC nepal (1)

६ बैशाख, काठमाडौं । संविधानसभाको बैठक आइतबार बस्दैछ । आजका लागि बोलाइएको बैठकमा शोक प्रस्ताव प्रस्तुत हुने भएको छ ।

पूर्व प्रधानमन्त्री एवम् संविधानसभामा ज्येष्ठ सदस्य सूर्यबहादुर थापाको सम्मानमा शोक प्रस्ताव प्रस्तुत गरिने संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए । थापाको उपचारका क्रममा गत बुधबार भारतमा निधन भएको थियो ।

आइतबार दिउँसो तीन बजे संविधानसभाको बैठक बोलाइएको छ । लगातार शोक प्रस्ताव प्रस्तुत गर्दै स्थगित हुँदै आएको संविधानसभाको बैठकमा अन्य कुनै कार्यसूची नरहेको बताइएको छ ।

पूर्व सभासद् रामनाथ ढकाल तथा सलिम मियाँ अन्सारीको सम्मानमा शोक प्रस्ताव पारित गर्दै यसअघिका बैठक स्थगित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?