+
+

सल्यानमा सामुहिक जडिबुटी खेती

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १० गते १४:००

१० वैशाख, सल्यान । सल्यानको धनवाङ ७ का महिलाहरु सामुहिक जडिबुटी खेतिमा लागेका छन् । धनवाङ ७ टेकनडाँडाँका महिलाहरु लालीगुराँस होम हर्बल महिला समूह गठन गरी करेसाबारीमा जडिबुटी खेती गर्न सुरु गरेका हुन् ।

ghiukumariसमूहमा आबद्ध २० महिलाहरुले आ-आफ्ना घरको करेसाबारीमा घीउकुमारी, कुरिलो, मेन्था, बोजो, तेजपात, लहरेगुर्जो लगाएतका जडिबुटी लगाएका छन् ।

तत्काल मनग्य आर्थिक लाभ लिन भन्दा पनि विभिन्न खालका स्वास्थ्य समस्याको घरायसी उपचारका लागि जडिबुटी उत्पादनमा लागेको समूहकी अध्यक्ष हरीकला खड्काले बताइन् ।

सो समूहमा आबद्ध महिलाहरु गत वर्ष त्रिफला र गुर्जो चिया समेत उत्पादन गरेका थिए । ग्याष्ट्रिक र पेट सम्बन्धी बिरामीको लागि लाभदायक मानिन्छ ।

जडिबुटी खेतीको विस्तार गरी व्यवसायीक उत्पादन गर्ने लक्ष्य समूहले लिएको छ । त्यसका लागि जिल्ला वनस्पति कार्यालय सल्यानसँग जडिबुटीका १ हजार विरुवा माग गरेको समूहकी सचिव शिवा डाँगीले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?