+
+

भूकम्पमा मृतकको संख्या ५ हजार ८ सय नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १७ गते १८:४७

१७ वैशाख, काठमाडौं । शनिबारको भूकम्पमा परि ज्यान गुमाउनेहरुको संख्या ५ हजार ८ सय २५ पुगेको छ । तिमध्ये ३० जना विदेशी नागरिक छन् ।

Pashupati-3

त्यस्तै घाइतेहरुको संख्या १० हजार पुगेको छ । यद्यपी केही घाइतेहरु उपचारपछि घर फर्किसकेका छन् । घाइतेहरुको बिभिन्न अस्पताल र स्वास्थ्य शिविरहरुमा उपचार भैरहेको छ ।

उद्धार कार्य जारी रहेकोले मृत्यु हुनेको संख्या बढ्नसक्ने बताइएको छ । सबैभन्दा धेरै मानवीय क्षति सिन्धुपाल्चोक जिल्लामा भएको छ । सिन्धुपाल्चोकमा १ हजार ८२० जनाको मृत्यु भएको छ ।

काठमाडौंमा १ हजार ४९, भक्तपुरमा २६१ र ललितपुरमा १६९ जनाको मृत्यु भएको छ ।

यसैगरी नुवाकोटमा ७१७, धादिङमा ५७०, गोरखामा ४०७, रसुवामा ३०४, दोलखामा ६०, मकवानपुरमा ३३ र रामेछापमा २४ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?