+
+

राहत सामग्री आयातमा भन्सार छुट एक साता थप

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ १४ गते ६:१५

१४ जेठ, काठमाडौं । सरकारले भूकम्प प्रभावितका लागि ल्याइने राहत सामाग्रीमा दिएको भन्सार छुटको अवधि एक साता थप गरेको छ ।
Ramechap-Rahat7
भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाका अनुसार सरकारले भूकम्प पीडितका लागि आउने तथा आएका राहतका सामग्रीमा एक साता अर्थात जेठ २० गतेसम्मको लागि भन्सार छुट थपिदिएको अन्नपूर्ण पोस्टमा खबर छ ।

यस अघि वैशाख १२ गतेको विनाशकारी भूकम्पछि सरकारले राहत सामाग्रीमा एक महिनासम्मलाई भन्सार छुट दिएको थियो। मन्त्रिपरिषद्ले वैशाख १३ गते निर्णय गरेर प्रदान गरेको भन्सार छुटको अवधि बुधबार सकिएपछि सरकारले सरोकारवालाहरुको आग्रहमा एक महिना थपिएको हो।

राहतका लागि आएका धेरै सामाग्री अझै पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा थन्किएका छन्। भन्सार कार्यालयका अनुसार राहत सामाग्री लिन सम्बन्धित पक्ष आउने क्रम अझै बाँकी रहेकोले पनि सरकारले म्याद थप गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?