+
+

ठगीको आरोपमा बलिउड नायिका पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २६ गते ९:२६

Leena-Paul-MAINमुम्बई । ठगीको आरोपमा दक्षिण भारतीय नायिका लीना पाल पक्राउ परेकी छिन् । सर्वसाधारणलाई प्रलोभन देखाएर धोका दिएको भन्दै लीना र उनका लिभइन पार्टनर शेखरलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले लीनालाई न्यायिका हिरासतमा राखेको छ भने उनका शेखरलाई प्रहरी हिरासतमा पठाएको छ ।

दुबैमाथि नक्कली कम्पनि खडा गरेर सर्वसाधारणलाई ठगेको आरोप प्रहरीले लगाएको छ । दश करोड रकम ठगी गरेको भन्दै प्रहरीले उनी सहित अन्य ६ जना बिरुद्ध मुद्दा दायर गरेको छ ।

प्रहरीले जनाए अनुसार लिना र शेखरले पछिल्लो समय नक्कली कम्पनि खोलेर सर्वसाधारणलाई जम्मा गरेको रकमको १० गुणा बढी रकम दिने भन्दै ठगी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?