+
+

मानव तस्करी बढेपछि २२ नाका थपिए

अनलाइनखबर अनलाइनखबर
२०७२ असार ४ गते ६:५१

४ असार, काठमाडौं । भूकम्पपछि मानव तस्करीको जोखिम बढेपछि नेपाल प्रहरीले २२ वटा चेकजाँच नाका थप गरेको छ । सीमामा १२ वटा तथा राजमार्गका १० वटा चेकिङ नाका थपिएको हो ।
checkingभूकम्पपीडित महिला तथा बालबालिकालाई सहयोगका नाममा तस्करी गर्न लागिएको घटना बाहिर आएपछि नेपाल प्रहरीले चेकिङ नाका थपेको नयाँ पत्रिकामा खबर छ ।

यसअघि भारतसँगको सीमानामा आठवटा मात्र नाका रहेकामा त्यसलाई थपेर २० पुर्‍याइएको छ । त्यसरी राजमार्गमा पनि महिना तथा बालबालिकाका बेचबिखन नियन्त्रणकै उद्देश्यले १० वटा रणनीतिक चेकिङ प्वाइन्ट स्थापना गर्न लागिएको नेपाल प्रहरीको महिला तथा बालबालिका सेवा निर्देशनालयका डिआइजी मिङमार लामाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?