+
+

ग्लोबल आइएमई बैंकले बाँड्यो निलबाराहीमा राहत

अनलाइनखबर अनलाइनखबर
२०७२ असार १० गते १८:०८

१० असार, काठमाडौं । ग्लोबल आईएमई बैंकले भक्तपुरको मध्यपुर थिमीस्थित निलबाराही चौरमा अस्थायी रुपमा बसोबास गरिरहेका २३३ भूकम्प पीडित घर परिवारलाई राहत वितरण गरेको छ ।

Global-IME-Bank-at-Nilbarah

  • राहत बाँड्दै ग्लोबल आइएमईको टोली

सिन्धुपाल्चोकको तातोपानीबाट निलबाराही आएका भूकम्प पीडितलाई राहतस्वरुप दाल, चामल, नुन, तेल, साबुन लगायतका सामान बैंकले वितरण गरेको हो ।

यसअघि भूकम्पबाट प्रभावित काठमाडौंको फुटुङ, साङ्ले खोला र नाङ्लेभारे, धादिङ जिल्लाका बायु गाउँ र टुकटिङ गाउँमा गरी ४६० घर परिवारलाई राहत वितरण गरिसकेको बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा मुलुकमा आइपर्ने बिभिन्न प्राकृतिक प्रकोप पीडितहरुलाई सहयोग गर्दे आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?