+
+

बन्दीका परिवारलाई क्षतिपूर्ति संवन्धि रिटमा कारण देखाउ आदेश

अनलाइनखबर अनलाइनखबर
२०७२ असार ११ गते १४:५९

११ असार, काठमाडौं । भूकम्पमा मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति दिन र बाँचेकाहरुलाई सुरक्षित स्थानमा सार्न माग गर्दै दायर भएको रिटमा सर्बोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

supreme-court-of-Nepalन्यायाधीश गोविन्दकुमार उपाध्यायको इजलाशले शुक्रबार सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

जीर्ण कारागारहरु गत वैशाख १२ को भूकम्पमा भत्किँदा १६ जना कैदी-बन्दीको मृत्यु भएको थियो ।

त्यसअघि मानवअधिकार आयोग लगायतका बिभिन्न निकायले स्थलगत अनुगमन गरी जीर्ण कारागारहरुबाट कैदी-बन्दी स्थानान्तरण गर्न सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएका थिए ।

पूर्वसावधानी नअपनाउँदा १६ जनाको ज्यान गएको भन्दै मृतकका परिवारलाई क्षतिपूर्ति दिन, जोखिमयुक्त कारागारमा रहेकालाई खुल्ला कारागारमा राख्न वा सामुदायिक सेवामा लगाउन माग गर्दै मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) का तर्फबाट अधिवक्ता सोमप्रसाद लुइटेलले गत बुधबार रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?