+
+

 घरको छतबाट लडेर प्राचार्यको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन ५ गते ८:५०

५ साउन, चितवन । जनक उच्च मावि गैँडाकोटका प्राचार्य मुकुन्द काफ्लेको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा निधन भएको छ ।

आफ्नै घरको छतबाट लडेर गम्भीर घाइते भएका काफ्लेको उपचारका क्रममा सोमबार निधन भएको उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष कमल पराजुलीले जानकारी दिए ।

विसं २०४६ देखि उहाँ शिक्षण पेसामा संलग्न हुनुहुन्थ्यो । यही साउन ३ गते राति घरको छतबाट लडेर गम्भीर घाइते भए । काफ्ले कसरी छतबाट लड्नु भएको भन्नेबारेमा भने खुलेको छैन । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?