+
+

यातायातका कर्मचारी ३८ हजार घुससहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन १० गते १४:५१

१० साउन, भीमदत्तनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम क्षेत्रीय सम्र्पक कार्यालय भीमदत्तनगरको एक टोलीले यातायातका कार्यालय सहयोगीलाई ३८ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

महाकाली अञ्चल यातायात व्यवस्था कार्यालय भीमदत्तनगरका कार्यालय सहयोगी भीमराज भट्ट नगदसहित कार्यालयबाट पक्राउ परेका हुन् । अख्तियारका क्षेत्रीय प्रमुख रवीन्द्र शर्माले विशेष सूचनाका आधारमा सेवाग्राहीबाट पैसा लिइरहेको अवस्थामा पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।

सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भएकालाई पास गरिदिने भन्दै रकम लिएको बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?