+
+

खाना खाँदा कोखा दुखेर बिरामी भएका दम्पत्तिको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन १४ गते ७:५०

१४ साउन, नवलपरासी । नवलपरासीको कावासोतीमा बुधबार बिहानको खाना खाँदा खाँदै कोखा दुखेर दुई जनाको बुधबार ज्यान गएको छ ।

खाना खाने क्रममा कोखा दुखेर उपचारका लागि भरतपुर लैजाँदै गर्दा नवलपरासीको कावासोती ९ रामनगर निवासी ४१ बर्षीय यमराज महतो र श्रीमती ३० बर्षीया धनिया महतोको ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक हरि बरुवालका अनुसार बिहान सागको तरकारी र खाना खाँदा खाँदै कोखा दुख्यो भन्दै एक्कासी छटपटि्टएपछि उपचारका लागि लैजाँदै गर्दा उनीहरुको बाटोमा नै मृत्यु भएको हो ।

खानामा कुनै विषाक्त पदार्थ मिसिएको आशंकामा उनीहरुले खाएको खाना जाँच गर्नका लागि पठाइएको बताइएको छ ।

रामकुमार श्रेष्ठबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?