+
+

जनजाति महासंघद्वारा बन्दसहितको आन्दोलन घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २९ गते १५:५३

२९ साउन, काठमाडौं । संविधानको मस्यौदामा आदिवासी जनजातिको मुद्दा सम्बोधन नगरेको भन्दै नेपाल आदिवासी जनजाती महासंघले नेपाल बन्दसहितको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

फाइल फोटो
फाइल फोटो

६ प्रदेशको सीमांकनप्रति असहमति जनाउँदै जनजाति महासंघले भदौ १० गतेसम्मको आन्दालनका कार्यक्रम सार्वजनिक गरेको हो । ‘पहिचान र आधार विनाको सीमांकन आएको छ र यो विगतको सहमति विपरित छ’ महासंघका महासचिव पेम्बा भोटेले अनलाइनखबरसँग भने-‘धर्म निरपेक्षता हटाउने सहमति भएको भन्ने आएको छ । यसको विरोधमा हामीले आन्दोलन घोषणा गरिएको हो ।’

महासंघले भदौ १ गते संविधानको मस्यौदा जलाउने, २ गते दबाबमूलक र्‍याली, भदौ ४ गते मार्चपाससहित बानेश्वर घेराउ र भदौ ५ गते शान्तिवाटिकाबाट मसाल जुलुस छन् । जनजाति महासंघले भदौ ६ र ७ गते नेपाल बन्द गर्ने घोषणा समेत गरेको छ ।

जनजाति महासंघका अध्यक्ष एवं सभासद नागेन्द्र कुमालले आदिवासी जनजातिको मुद्दाको सम्बोधन नभएसम्म आन्दोलन चलिरहने बताए ।

जनजाति महासंघले आन्दोलनका क्रममा मधेसी, थारु, दलित तथा धार्मिक संघ संस्थासँग सहकार्य गरिने समेत बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?