+
+

जिल्लामा शान्ति कायम राख्ने झापाका नेताहरुको प्रतिबद्धता

९ भदौ, बिर्तामोड । मुलुकका विभिन्न ठाउँमा भएका हिंसात्मक घटनालाई दृष्टिगत गरी झापाका सबै राजनीतिक दलहरुबीच शान्ति र सहिष्णुता कायम राख्ने सहमति भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ९ गते १५:०५

९ भदौ, बिर्तामोड । मुलुकका विभिन्न ठाउँमा भएका हिंसात्मक घटनालाई दृष्टिगत गरी झापाका सबै राजनीतिक दलहरुबीच शान्ति र सहिष्णुता कायम राख्ने सहमति भएको छ ।

Leaders-from-Jhapaसरकार बाहिर रहेका र सरकारमा रहेका राजनीतिक दलहरु बुधबार एउटै टेबुलमा बसेर झापामा सदभाव र शान्ति भड्कन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

संवाद समूहको सचिवालय झापाको संयोजनमा बिर्तामोडमा सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरुको बैठक बसेको थियो । बैठकमा कुनै प्रकारका साम्प्रदायिक र धार्मिक द्वन्द्व उत्पन्न हुन नदिने लगायतका ६ बुँदे सहमति भएको छ ।

त्यस्तै आन्दोलनरत दल तथा मोर्चाहरुले एकअर्काको आन्दोलनलाई सम्मान गर्दै त्यस्ता कार्यमा अवरोध नगर्ने, आन्दोलन शान्तिपूर्ण, मर्यादित, व्यवस्थित बनाउने र विगमा बिभिन्न पक्षसँग भएका सहमति कार्यान्वयन गर्न शीर्ष नेताहरुको ध्यानाकर्षण गराउने सहमति पनि भएको छ ।

यही भदौ १ गते बिर्तामोडको मुक्तिचोकमा उच्छृंखल समूहले मधेसवादी दलको झण्डा उखेलेर च्यातेको घटनाप्रति झापाका राजनीतिक दलहरुले दुःख व्यक्त गर्दै अबका दिनमा त्यस्ता गतिविधि दोहोरिन नदिन सचेत रहने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।

सहमतिमा नेपाली कांग्रेसका जिल्ला सभापति उद्धव थापा, उपसभापति देउमान थेवे, नेकपा एमालेका अध्यक्ष चिन्तन पाठक, एकीकृत नेकपा माओवादीका अध्यक्ष धर्मशीला चापागाई, नेकपा-माओवादीका सेक्रेटरी रोशन कन्दङ्वा, फोरम लोकतान्त्रिकका अध्यक्ष भरतसिंह राजवंशी, शान्ति समितिका संयोजक तथा सदभावना पार्टीका अध्यक्ष सूर्यनारायण गणेश, तमलोपाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष त्रिनारायण राजवंशी, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष धीरेन लावतीले हस्ताक्षर गरेका छन् ।

त्यस्तै राप्रपाका जिल्ला अध्यक्ष जयबहादुर श्रेष्ठ, सदस्य रामलोचन न्यौपाने, संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष भूपालबहादुर राई, सहसचिव सुशील राई, नेपाल सदभावना पार्टीका सचिव राजकुमार महतो, संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष धनबहादुर पन्धाक, आदिवासी जनजाति महासंघका अध्यक्ष पारसमणि राई, पूर्व अध्यक्ष प्रेम घिसिङ, पूर्वी थारुवान कोचिला राज्यका केन्द्रीय सदस्य श्रीप्रसाद चौधरी, मेचे सिवियारी आफतका केन्द्रीय अध्यक्ष रुपेश मेचे, कोचिला एकता मोर्चाका केन्द्रीय अध्यक्ष दिनेश राजवंशी, नेपाली कांग्रेसका शनिअर्जुन सभापति मोहन काफ्लेले पनि हस्ताक्षर गरेका छन् ।

संवादको सहजीकरण सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?