+
+

शुक्रबारका दैनिक पत्रिकामा बिजनेस खबर

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ११ गते ६:२५

राजधानीबाट शुक्रबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले ठूलालाई छाडी साना विमानस्थलमै बजेट सक्ने धुन, कृषि विकास बैंकको ठगी प्रकरण, भन्सारपारि डेढ सय ग्सास बुलेट रोकिए, नेप्सेसँगै कारोबार रकम बढेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

कारोबार दैनिकमा ठूलालाई छाडी साना विमानस्थलमै बजेट सक्ने धून, ६२६ सरकारी विद्यालय बन्द ४४३ मर्ज, सन् २०३० सम्म ९९ प्रतिशतलाई विद्युत सुविधा, बैंक कर्मचारीसहित ९ विरुद्ध मुद्दा, अमेरिकी धितोपत्र बजारबाट ६ दिनमै २१ ख्र्ब डलर गुम्यो लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा कृषि विकास बैंकको ३४ करोड ठगी प्रकरण, पर्यटन प्रवर्द्धन गर्न ६० करोड प्रस्ताव, वैदेशिक रोजगारीमा ४० लाख युवा, गर्मीले दूध उत्पादन घट्ने, पैसा फिर्ता माग्दै सुरुङमार्गका लगानीकर्ता लगायतका खबर छन् ।
नयाँ पत्रिकामा भन्सारपारि डेढ सय ग्यास बुलेट रोकिए, ७२ प्रतिशत जनतालाई बीमा जानकारी छैन, उत्तर-दक्षिणका भन्सार ठप्प, यार्साले चीनमा पनि पाएन बजार, नेप्से एक हजार एक सय ८४ नजिक लगायतका खबर छन् ।

नागरिक दैनिकमा निजी क्षेत्रका मुद्दा जायज, नेप्सेसँगै कारोबार रकम पनि बढ्यो, पहरा दिएर एलपी ग्यास ढुवानी, वीरगञ्जबाट साढे चारसय गाडी गन्तब्यतिर, बन्दले उद्योग ठप्प हुँदा अर्बौ घाटा लगायतका खबर छन् ।

अभियान दैनिकमा कुन होला पूर्वाधार विकास बैंक ?, आँधीखोला जलविद्युत आयोजनाः जेडीए गर्ने निर्णय कार्यान्वयन नहुने, कृषि विकास बैंक ठगी प्रकरणः नौ जना अदालतमा पेश, रुपन्देहीमा ४ करोड लगानीको हेल्मेट उद्योग लगायतका खबर छन् ।

eco1

eco2

eco3

eco4

eco5

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?