+
+

महासंघले पत्रकारको सुरक्षा माग्यो

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २९ गते १५:५८

FNJ_logo२९ भदौ, काठमाडौं । समाचारको विषयलाई लिएर पूर्व सभासद बबन सिंहले पत्रकारलाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघले सरकारसँग सुरक्षा माग गरेको छ ।

मधेस समाजवादी फोरमका केन्द्रीय सदस्य तथा पूर्व सभासद सिंहले रौतहटमा स्थानीय एमएममै अन्तर्वार्ता दिने क्रममा पत्रकारहरुलाई ज्यान मार्ने धम्की दिएका थिए ।

महासंघ महासचिव उजीर मगरले मंगलवार विज्ञप्ति जारी गर्दै पत्रकारहरु शिव पुरी, मदन ठाकुर र गौतम श्रेष्ठलाई जिउँदै जलाएर मार्ने धम्की दिएको भन्दै महासंघको ध्यानाकर्षण भएको जनाएका छन् ।

‘पत्रकारमाथि दिनहुँ बढ्दै गएको यस्ता घटना नियन्त्रणमा गम्भीर हुन र सञ्चारकर्मीलाई निर्बाध रुपमा समाचार संकलन, संप्रेषण र भौतिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गर्दछ’ – विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?