३१ भदौ, काठमाडौं । उत्तरी छिमेकी मुलुक चीनले नेपालमा संविधानसभाबाट नयाँ संविधान बनेकोमा खुसी व्यक्त गरेको छ ।
चिनियाँ राजदूत वु चुन्ताइले बिहीबार प्रधानमन्त्री सुशील कोइरालालाई भेटी विदेश मन्त्रालयको सन्देश सुनाएका छन् ।
चिनियाँ विदेश मन्त्रालयले जारी गरेको सन्देशमा संविधानसभाबाट बनेको नयाँ संविधानको समर्थन गरिएको छ ।
चीनले अब नेपालमा राजनीतिक स्थिरता हुने र विकासको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरेको छ ।
साथै सामाजिक प्रणाली र विकासमा सहयोग गर्ने बचन समेत दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4