+
+

सिम टिभीको ‘महाअफरमा अफर’ योजना

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १० गते १२:२८

१० असोज, काठमाडौ । सिम टिभीले एक वर्षे ग्राहक बन्नेलाई सेट-बक्ससहित दुई महिनाको अतिरिक्त सेवा निःशुल्क दिने भएको छ । पि्रमियम डिजिटल केबल सेवा प्रदायक संस्था सिम्पल मिडिया नेेटर्वकले दशैं तिहारलाई लक्षित गर्दै यस्तो Sim TV PR Finalसुविधासहितको ‘महाअफरमा अफर’ योजना ल्याएको हो ।

महाअफरमा अफर योजनामा एक वर्षे ग्राहक बन्दा सेट-बक्ससहित दुई महिनासम्मको अतिरिक्त सेवा निःशुल्क पाइनेछ । रिचार्ज कार्ड तथा ई-सेवाका केन्द्रहरुबाट एक वर्षको रिचार्ज गर्दा २ महिना थप सेवा पाइने कम्पनीले जनाएको छ ।

आफ्ना सबै ग्राहकहरुलाई समेट्ने गरी योजना ल्याएको कम्पनीले जनाएको छ । यो योजना असोज १० गतेबाट लागू भई मंसिर ९ सम्म कायम रहने बताइएको छ ।

फेसबुकबाट साप्ताहिक रुपमा ‘क्विज कन्टेक्स्ट’ गरी असोजको दोस्रो सातादेखि मसिंरको दोस्रो सातासम्म अफर सञ्चालन गरिने सिम टिभिका मार्केटिङ प्रमुख शिवराम गिरीले जानकारी दिए ।

यस योजना अन्तर्गत ८ जना विजेताहरुले निःशुल्क सेट-टप बक्स, जडान र २ महिनाको सेवा पाउँनेछन् । विजेताले उपहार पाउन सिम टिभीको नेटर्वक भित्रको हुनुपर्नेछ । विजेता नेटर्वक वाहिरको भएमा उक्त कूपन सिम टिभी नेटर्वक भित्रका आफन्त वा साथीभाइलाई दिएर सुविधा लिन सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?