+
+

नाडामा पदाधिकारी चयन, उपाध्यक्षमा दाहाल र श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १० गते २०:०४

NADA
१० असोज, काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको आइतबार बसेको बैठकले पदाधिकारी चयन गरेको छ । नाडाको १७औं कार्यसमितिका लागि शुक्रबार चुनाव भएको थियो ।

नाडाको अध्यक्षमा अञ्जन श्रेष्ठ बिजयी भएका छन् । नाडामा पदाधिकारी पछि चयन गर्ने व्यवस्था रहेको हुादा आइतबार पदाधिकारी चयन गरिएको हो ।

नडाको नाडाको उपाध्यक्षमा शम्भुप्रसाद दाहाल र देवकाजी श्रेष्ठ चयन भएका छन् । महासचिबमा कृष्ण प्रसाद दुलाल चयन भए भने सचिवमा दिपक काजी तुलाधार, कोषाध्यक्षमा सुनिल रिजाल र सहकोषाध्यक्षमा प्रदिपमान प्रधान चयन भएको बताइएको छ ।

यसैगरि संस्थागत तर्फबाट उपाध्यक्ष पदमा शिबराज गिरी र ध्रुब बहादुर थापा निर्बिरोध निर्बाचित भएका थिए । यस्तै सुहृद ज्योती, सुभआषि थपलिया र प्रकाश कपुरीलाई मनोनित सदस्यमा चयन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?