+
+

राधा ज्ञवालीलाई मन्त्रीबाट नहटाउन सर्बोच्चको अन्तरिम आदेश

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १७ गते १५:००

राधा ज्ञवालीलाई मन्त्रीबाट हटाइएकोमा सर्बोच्चको कारण देखाउ आदेश
१७ असोज, काठमाडौं । सर्वोच्च अदालतले एमाले नेतृ राधा ज्ञवालीलाई उर्जामन्त्री पदबाट बर्खास्त गर्ने निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ ।
मन्त्री पदको दुरुपयोग गरेको भन्दै सरकारले ज्ञवालीलाई उर्जा मन्त्रीको पदबाट बर्खास्त गरेको थियो । त्यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ज्ञवालीलाई हटाउन सरकारलाई सिफारिस गरेको थियो ।
सरकारले बर्खास्त गरेपछि ज्ञवालीले गत विहीबार सर्बोच्चमा रिट दायर गरेकि थिइन् । आइतबार न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलाशले उक्त निर्णयमा कारण देखाउ आदेश जारी गरेको सर्बोच्च अदालतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?