२२ असोज, काठमाडौं । भारत सरकारले नेपालमा नाकाबन्दी नगरिएको भनेर पटक-पटक प्रष्टिकरण दिइरहेको र प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले समेत नाकाबन्दी भन्न नसकेका बेला अमेरिकाले नेपाल नाकाबन्दीमा रहेको सूचना जारी गरेको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासले विहीवार अमेरिकी नागरिकहरुका लागि जारी गरेको ‘ट्राभल एड्भाइजरी’मा भारतीय सीमामा नाकाबन्दी गरिएको प्रष्ट शव्दमा उल्लेख छ ।
दूतावासले नाकाबन्दी खुलेको दुई-तीन सातापछि मात्रै स्थिति सामान्य हुने संकेत गर्दै यस अवधिमा नेपाल भ्रमण गर्दा इन्धन लगायतको अभावका कारण समस्या पर्नेतर्फ आफ्ना नागरिकलाई सचेत गराएको छ ।
यसअघि युरोपेली युनियनले नेपालमा नाकाबन्दी भएको भन्ने शव्द प्रयोग नगरी नेपालमाथि आइपरेका मानवीय संकटमा सघाउन युनियन तयार रहेको जनाएको थियो । चीनले नेपाललाई आवश्यकताअनुसार सघाउन तयार रहेको बताइसकेको छ ।