गजल : मानहानी
नाकाबन्दी जरूर एउटा, मानहानी सम्झें मैले
सदूर भविश्यकै ठूलो, नोक्सानी सम्झें मैले !!
भो अध्याँरो बत्तीमूनिकै, लोडसेडिङ्ले गर्दा मुलुक
कठै ! बगेरनित्य त्यो खेर, गा कोपानी सम्झें मैले !!
ठप्प हुनन् कलकारखाना,उद्योग धन्दा सबै
कूटीसहस्र काष्ठादि बुटी, अथाहखानी सम्झें मैले !!
नेताहरू नै ठीक छैनन्,म ख्यै कसरी भनुँ
तिनै नेता जिताउने नकच्चरो, बानी सम्झें मैले !!
भन्छन् जन नेताजोगीसबै,रोगी भुक्तभोगी
गिर्दै गयोअर्थतन्त्र कथित्, आम्दानी सम्झें मैले !!
भोलि भोलि भन्दा भन्दै लौ, फेरिन्छ दैन्दिन बोली
वैंशसँगै बिती जानेत्यो घोर्ले, जवानी सम्झें मैले !!
सहीदहरूकै छातीमा यहाँ, उम्रिदैछ सिउँडी
अमर्त्यसदासहिद्काती,बलिदानी सम्झें मैले !!
राष्ट्रभक्त नेपाली आँखाको नानी सम्झें मैले
परदेशी ती जनकोबन्धक्,जिन्दगानी सम्झें मैले !!
चन्द्रमा दाहिना रहुन्हुन्छ, सत्यकै दिग्विजय
सुखी शान्त बयली सुनौलो, त्यो बिहानी सम्झें मैले !!
पापीको नियतै खराब्द्धेष,खिचतानी सम्झें मैले !!
परनिर्भर भै बाच्नु ठूलो, आत्मग्लानी सम्झें मैले !!
-प्रेमराज मिश्र “अभीष्ट”