+
+

रामचन्द्र पौडेलले पत्नीलार्इ भने- अब दाउरामै भात पकाऊ !

७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलको घरमा नाकाबन्दीको प्रभाव परेको छ । नाकाबन्दीका कारण इन्धन अभाव सर्वसाधारणले झेलिरहेका बेलामा कार्यवाहक सभापति पौडेलको भान्सामा खाना पकाउने ग्यास सक्किएको दुई हप्ताभन्दा बढी भइसकेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर ७ गते १८:३२

Sabita Paudel WIFE-OF-RAMCHANDRA-PAUDEL

  • कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेलकी श्रीमती सविता दाउराबाट खाना पकाउँदै


७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलको घरमा नाकाबन्दीको प्रभाव परेको छ । नाकाबन्दीका कारण इन्धन अभाव सर्वसाधारणले झेलिरहेका बेलामा कार्यवाहक सभापति पौडेलको भान्सामा खाना पकाउने ग्यास सक्किएको दुई हप्ताभन्दा बढी भइसकेको छ ।

नेता पौडेलले आफ्नो फेसबुक पेजमा मेरो घरमा नाकाबन्दीको यस्तो प्रभाव भनेर दाउरा बालेर श्रीमतीले खाना पकाइरहेको फोटो पोष्ट गरेका छन् ।

पौडेलका सहयोगी चिरन्जीवी अधिकारीका अनुसार पौडेलको भान्सामा ग्यास सकिएको २ साता भन्दा बढी भएको छ ।

अधिकारीका अनुसार कार्यवाहक सभपाति पौडेलले नाकाबन्दीले सर्वसाधारण जनताले सास्ती बेहोर्नु परिरहेका बेला आफूले किन पदको दुरुपयोग गर्ने भन्दै दाउरामै खाना पकाउन आफ्नी पत्नीलाई आग्रह गरेका छन् ।

पौडेलले ग्यासका लागि शक्तिको दुरुपयोग नगर्न निर्देशन दिएको अधिकारीले बताए । ‘अहिले मुलुक संकटमा छ, राष्ट्रिय संकटका बेला सबै मिलेर जानुपर्छ, पहिला जनताको मर्का बुझ्नुपर्छ’, पौडेलको भनाइ उदृत गर्दै सहयोगी अधिकारीले भने ‘जुन दिन जनताले पनि सहजरुपमा पाउँछन् त्यही दिन हामी पनि ल्याउँला, अहिले दाउरामै पकाउँदा केही हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?