+
+

एलजी इलेक्ट्रोनिक्सले पायो ‘ब्रान्ड अफ दि इयर’ अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर ८ गते ११:३५

८ मंसिर, काठमाडौं । इलेक्ट्रोनिक्स लगायत घरायसी सामाग्री बिक्री गर्दै आइरहेको एलजी ‘ब्रान्ड अफ दि इयर-२०१५’ बाट सम्मानित भएको छ । विश्वमा सर्वोतकृष्ट डिजाइन अवार्ड प्रतियोगिता मानिने रेड डट अवार्डद्धारा एलजी सम्मानित भएको हो ।

LG_Logo Finalयही उपलब्धीसँग एलजी अघिल्ला वर्षका प्रख्यात विजेताहरु पेप्सी, औडी एजी र मर्सिडिज बेञ्जहरुसँगकै उच्च श्रेणीमा आफ्नो स्थान हासिल गर्न सफल भएको छ । दुबै ब्रान्ड अफ दी इयर र डिजाइन टिम अफ दी इयर शीर्षक जित्न सफल भएको एलजी तेस्रो कम्पनी भएको छ ।

रेड डट अवार्ड अन्तर्गत रहेको कम्युनिकेसन डिजाइन क्याटगोरीमा वर्षभरी १३ चोटी विजयी भई ब्रान्ड अफ दी इयर शिर्षक जित्न सफल भएको छ । एलजी जि-४, एलजी वाच अर्वान डिजाइन अवार्ड प्रतियोगिताको लागि समावेश गरिएको थियो ।

रेड डट अवार्ड सम्मानबाट गौरवान्वित भएको बताउँदै कम्पनीले यसले एलजीको बजार विस्तार गरी ग्राहकहरुलाई सन्तुष्टी दिलाउन हौसला मिलेको एलजी इलेक्ट्रोनिक्सका उपाध्यक्ष नो चाङ-होले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?