+
+

सलमानले दिए प्रेमिकालाई कार उपहार

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष २८ गते १५:३९

salman-with-luliya
नायक सलमान खान अब आफ्नो प्रेमलाई लुकाउने सोचमा छैनन् । ‘हिट एण्ड रन केस’बाट मुक्ती पाएपछि सलमान अहिले बिहेको पनि तरखर गरिरहेका छन् । उनै, बलिउडका चर्चित अविवाहित नायक रोमानियाकी मोडल लुलिया भन्तुरसँगको अफेयरका कारण चर्चामा छन् ।

सलमान र लुलियाको सम्बन्ध यती धेरै अगाडि बढिसकेको छ कि, अब बलिउड र दर्शक यो कुराबाट बेखबर छैनन् । उनै सलमान खानले आफ्नी प्रेमिका लुलियालाई कार गिफ्ट गरेका छन् । आफ्नो जन्मदिन लगतै सलमानले लुलियालाई खैरो रंगको कार उपहार दिएका हुन् । तर, लुलिया मिडियासँग बच्नका लागि यो कारमा खासै यात्रा गर्दिनन् । उनले अटो रिक्सामा यात्रा गरिरहेको बलिउड मिडियाको दाबी छ ।

सलमान खानको पारिवारिक जमघटमा लुलिया देखिएकी हुन्छिन् । सलमान र लुलिया आफूहरुको प्रेमलाई लिएर गम्भिर पनि देखिएका छन् । सलमानले लुलियालाई बहुतै प्रेम गर्ने गरेको उनी निकट साथीहरुको दाबी छ । अब, हेर्न यत्ती मात्र बाँकी छ कि, सलमान र लुलिया कहिले बिहे बन्धनमा बाँधिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?