+
+

महतो र गुप्ताबीच महागठबन्धन निर्माणबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ १२ गते १४:३३

Jp-Gupta-and-Rajendra-Mahato

१२ माघ, विराटनगर । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताबीच महागठवन्धन निर्माणबारे छलफल भएको छ ।

मधेसी मोर्चामा आवद्ध छ भने गुप्तासहितको चार दलले संघीय समावेशी मधेसी गठवन्धन बनाएका छन् । पछिल्लो पटक मधेसी गठवन्धनले महागठवन्धन बनाउने प्रस्ताव अघि सारेपछि छलफल सुरु भएको छ ।

गठवन्धन बनाउन महतो सकारात्मक देखिएका छन् । ‘१६४ दिन आन्दोलन गर्दा पनि सरकारले सुनेन । अब गठवन्धन बनाएर जानुपर्छ भन्नेमा राजेन्द्रजी सकारात्मक पाएँ’ गुप्ताले अनलाइनखबरसँग भने ।

भेटमा गुप्ताले आफूहरुले यसअघि नै गठवन्धनको प्रस्ताव गरेको तर, मधेसी मोर्चाले अहंकार देखाएको बताए । उनले महागठन्धनका लागि मधेसी मोर्चामा पहल गर्न महतोलाई आग्रह गरेका छन् ।

जवाफमा महतोले भने दिल्लीमा रहेका महन्थ ठाकुर पनि यसप्रति सकारात्मक रहेको भन्दै काठमाडौं आएपछि छलफल गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?