१२ माघ, काठमाडौं । सोमबार दिल्लीबाट काठमाडौं उड्न ठिक्क परेको जेट एयरबेजको विमान बम राखिएको आशंकाले अन्तिम समयमा ग्राउण्डेड भयो ।
भारतको गणतन्त्र दिवसको अघिल्ला दिन विमानमा उपहार राखेको छु भन्दै फोन आएपछि आकस्मिक रुपमा विमान ग्राउण्डिङ गरियो ।
बम डिस्पोजल टोली गयो र झण्डै ६ घन्टा सर्च अपरेशन चल्यो । तर, बम वा कुनै शंकास्पद बस्तु भेटिएन ।
जेट एयरबेजको विमान सवा १ बजे काठमाडौं उड्नु पर्ने थियो । तर, १२ः५५ मा अज्ञात व्यक्तिले विमानस्थलमा फोन आयो र विमानको १८ औं नम्बरको सिटमा गिफ्ट राखिएको छ भनियो ।
बम डिस्पोजल टीमसहितको सर्च अपरेशनका क्रममा साँझ करिव ६ बजेतिर मात्र विमानमा केही नभएको पुष्टि भयो । प्रहरीले झुटो खबर लिनेबारे खोजी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4