Comments Add Comment

वीरगञ्ज नाका बन्द गराउन गएका मोर्चाका कार्यकर्ता लखेटिए

Birjung-naka

२३ माघ, काठमाडौं । वीरगञ्ज नाका फेरि अवरुद्ध पार्न गएका मधेसी मोर्चाका कार्यकर्तालाई स्थानीय र भारतीय व्यापारीले लखेटेको छन् ।

स्थानीयबासी र भारतीय ब्यापारीको बल शुक्रबारबाट रक्सौल वीरगञ्ज नाका खुलेको थियो । तर, आन्दोलनरत मधेसी मोर्चाको बारा र पर्साको बैठकले शनिबार दिउँसो २ बजेबाट नाका बन्द गर्ने निर्णय गरेको थियो ।

लगतै मोर्चाका नेता कार्यकर्ता वीरगञ्ज नाका पुगेका थिए । तर, मधेसी मोर्चाले नाका फेरि बन्द गर्ने सुनेपछि प्रतिकारका लागि भन्दै रक्सौलका ब्यापारीहरु समेत आएका थिए ।

त्यसक्रममा झडप समेत भएको छ । त्यसक्रमा दुई पक्षबीच केहीबेर ढुंगा हानाहान भएको छ । झडपका क्रममा केही कार्यकर्ता घाइते भएको मधेसी मोर्चाका नेताहरुले बताएका छन् ।

झडपपछि मधेसी मोर्चाका कार्यकर्तापछि हटेका छन् । मधेसी मोर्चाका एक नेताले अपेक्षा अनुसार नाकामा धर्ना दिन जनता नआएपछि आफूहरु असफल भएको स्वीकार गरेका छन् ।

उनका अनुसार शुक्रबारदेखि नै वीरगञ्जमा रहेका तमलोपाका महामन्त्री जितेन्द्र सोनल समेत काठमाडौं आएका छन् । अब मधेसी मोर्चाले केन्द्रीय स्तरबाट नयाँ निर्णय नगरेपछि नाकामा धर्ना दिने प्रयास गर्नेछैन ।

भावी रणनीति तय गर्न मधेसी मोर्चाको बैठक बस्ने भनिएपनि तय भइसकेको छैन । बैठकका लागि मधेसी मोर्चाका नेताहरु काठमाडौंमा छन् ।

वीरगञ्ज नाकाको नेपाल क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीको बाक्लो उपस्थिति छ । १३५ दिनको लामो नाकाबन्दीपछि खुलेको वीरगञ्ज नाकाबाट शनिबार वटा ग्यास बोकेको बुलेट नेपाल भित्रिएको छ । वीरगन्ज नाका भएर निर्वाधरुपमा सवारी साधनहरु ओहोर दोहोर गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment