+
+

कांग्रेसको मतगणना स्थलमा बुथ प्रतिनिधि र प्रहरीबीच बिबाद

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन २४ गते ५:५९
congress matgadana ma bibad copy
मतगणना स्थलमा बिबाद भएपछि कांग्रेसका एक कार्यकर्तालाई हटाउँदै प्रहरी

२४ फागनु, काठमाडौं । नेपाली कांग्रेसको १३औं महाधिवेशन अन्तर्गत सभापतिको मत गणनास्थल राष्ट्रिय सभागृहमा बुथ प्रतनिधिबीच बिबाद उत्पन्न भएको छ ।

तीन नम्बर बुथका देउवा निकटका प्रतिनिधि सुवास पोखेरेल र प्रहरीबीच बिबाद उत्पन्न हुँदा हात हालाहालको स्थित आएको थियो । खोटाङका पूर्व सभापति समेत रहेका पोखरेलले बदर भएको मतपत्र र अवको प्रक्रियाबारे निर्वाचन कमिटीसँग बिबाद गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले राजनीति गर्न खोजेको भन्दै पोखरेल प्रहरीमाथि खनिएपछि प्रहरीले उनलाई केहीबेर नियन्त्रणमा लिएर छाडेको छ ।

आइतबार भएको मतदानमा शेरबहादुर देउवा पहिलो भएका छन् । उनले १ हजार ५६४ मत ल्याए भने सभापतिका अर्का उम्मेदवार रामचन्द्र पाडेलले १ हजार १ सय ५४ मत ल्याएका छन् । कृष्ण सिटौलाले ३ सय २४ मत ल्याएका छन् । कसैले पनि आवश्यक ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि आज पुनः दोस्रो चरणको मतदान हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?