+
+

प्रधानमन्त्रीको भ्रमणपछि नेपाल-भारत सम्बन्ध अझै प्रगाढः राजदूत राय

२५ फागुन, चितवन । नेपालका लागि भारतीय राजदूत रञ्जीत रायले नेपालका प्रधानमन्त्री केपी ओलीले गरेको भारतको राजकीय भ्रमणले नेपाल भारत सम्बन्ध अझै प्रगाढ बनेको दावी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन २५ गते १५:१२

राजेन्द्र आचार्य

२५ फागुन, चितवन । नेपालका लागि भारतीय राजदूत रञ्जीत रायले नेपालका प्रधानमन्त्री केपी ओलीले गरेको भारतको राजकीय भ्रमणले नेपाल भारत सम्बन्ध अझै प्रगाढ बनेको दावी गरेका छन् । आपूर्ति हुँदा पनि इन्धन लगायतका सामाग्री अझै सहज नहुनुमा नेपाल सरकारले छानविन गर्नुपर्ने उनले बताए ।

Ranjit-rayअन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा तथा नेपाल भारत महिला मैत्री संगठनको तेस्रो वार्षिक उत्सवमा मंगलबार चितवनमा आयोजित कार्यक्रममा रायले प्रधानमन्त्री आलीको भारत भ्रमण सफल रहेको बताए । उनले भने, ‘नेपाल र भारतको सम्बन्ध समय समयमा अप्ठेरो परिस्थितिमा आइरहन्छन् । त्यसलाई आपसी वार्ता र सहमतिबाट समाधन गर्न सकिन्छ ।’

कार्यक्रममा मन्तव्य राख्दै राजदूत रायले भने, ‘नेपालको बिकासका लागि भारतीय बिकासको अवधारणा अनुसरण गर्नुपर्छ । यो भन्दा पनि मुख्य कुरो शिक्षा आर्थिक बिकासको मेरुदण्ढ हो, त्यसैले आर्थिक बिकासका लागि शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।’

अर्को प्रसंगमा उनले भनेका छन्, ‘मधेसी पार्टीहरुले आन्दोलन फिर्ता लिएसंगै भारतले आपूर्ति सुचारु गरेको छ । पहिलेकै अवस्थामा आपूर्ति हुँदा पनि इन्धन लगायतका सामाग्री अझै सहज नहुनुमा नेपाल सरकारले छानविन गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?