+
+

पशु बिमा गर्ने किसानको सङ्ख्यामा वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ४ गते १६:१८

cow ४ वैशाख, नवलपरासी। नवलपरासीमा व्यावसायिक रुपमा पशुपालन गर्ने किसानको सङ्ख्या बढेसँगै पशु बिमा गर्ने किसानको सङ्ख्यामा समेत उल्लेखनीय वृद्धि भएको छ ।

विभिन्न बिमा कम्पनीमार्फत पशु बिमा गराउने किसानको सङ्ख्यामा वृद्धि भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।

पशु विकास कार्यालयका प्रमुख शङ्कर साहका अनुसार गत आर्थिक वर्षमा पाँच हजार ५०० पशुको बिमा गरिएको थियो । बिमा गराइने पशुमध्ये गाईको सङ्ख्या उल्लेख्य छ ।

जिल्लामा भैँसी, बाख्रा, बङ्गुरलगायतका पशुको पनि बिमा गर्ने चलन बढेको छ । साहका अनुसार गत वर्षमा बिमा गरिएका ५०५ पशुमध्ये ११५ वटा पशु मरेका थिए । मर्नेमा ७५ वटा गाई, २८ वटा भैँसी, पाँचवटा बाख्रा, तीन बङ्गुर र चार पाडा छन् ।

मरेका सबै पशुको बिमा कम्पनीले भुक्तानी दिएपछि किसानमा बिमाप्रति आकर्षण बढेको युवा एकीकृत कृषि तथा पशुपालन समूह रामनगरका सञ्चालक सूर्य न्यौपानेले बताए ।  नवलपरासीमा यसवर्ष तीन हजार ५७५ गाईको बिमा गरिएको छ ।

बाख्राको रु एक करोड २५ लाख, बङ्गुरको रु ७५ लाख र पाडाको रु ५० लाखको बिमा गरिएको जिल्ला पशुसेवा कार्यालय नवलपरासीले जनाएको छ । पशु बिमा, निर्जीव बिमा अन्तर्गत गरिने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?