+
+

प्रवासी नेपाली मञ्च म्यासाचुसेट्समा दाहाल

लीलानाथ घिमिरे लीलानाथ घिमिरे
२०७३ वैशाख ९ गते ९:५९

prabashi manch

न्युयोर्क । प्रवासी नेपाली मञ्च म्यासाचुसेट्स राज्य समितिको पहिलो अधिवेशनले नवराज दाहालको अध्यक्षतामा नयाँ नेतृन्व चयन गरेको छ । मञ्चको यो पन्ध्रौं राज्य समिति हो ।

अधिवेशनले उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः निर्मल पौड्याल, भीमप्रसाद ओली र जालप्रसाद घिमिरेलाई चयन गरेको छ । समितिको सदस्यहरुमा रुपा लामा, मीना दुलाल घिमिरे र धनी न्यौपाने चयन हुनुभएको मञ्चले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि मञ्चका अमेरिका अध्यक्ष सञ्जय थापाले अमेरिकामा रहेका नेपालीको दैनिक रोजगारीका विषय, रहनसहन, दैनिक जिवन सुधार्न, आफूले जानेका सिप स्वदेशमा विस्तार गर्न र आवश्यक पर्दा आर्थिक सहयोग गर्न मञ्चका सदस्यहरुलाई आग्रह गरेका थिए ।

उद्घाटन सत्रमा मञ्चका सचिवालय सदस्य तथा उत्तरपूर्बी क्षेत्र इन्चार्ज इश्वरी भट्ट, सचिवालय सदस्य कृष्ण लामिछाने, केन्द्रीय सदस्य लीला रावत, सल्लाहकार शिव राई, पशुपति बुद्ध फाउण्डेसनका विष्णुमणि आचार्य, ग्रेटर बोस्टनका अध्यक्ष राम थापा, ब्यवसायी बुद्धिप्रसाद रेग्मी लगायतले अधिवेशन सफलताको शूभकामना व्यक्त गरेका थिए ।

एमाले निकट रहेका आप्रवासी नेपालीहरुको संगठन मञ्च अमेरिकाका १५ वटा राज्यमा गठन भइसकेको अध्यक्ष संजय थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?