+
+

भोलिदेखि दक्षिणकाली-सिस्नेरी-कुलेखानी सडक दिउँसो बन्द रहने

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ३१ गते १९:१०

sumo-road
३१ वैशाख, काठमाडौं । शनिबारदेखि दक्षिणकाली-सिस्नेरी-कुलेखानी सडकखण्ड दिउँसोको समयमा बन्द हुने भएको छ । साँघुरो सडकलाई दुई लेनमा विस्तार गर्न लागिएकाले बन्द हुन लागेको हो ।

दक्षिणकाली-सिस्नेरी-कुलेखानी सडक एक महिनासम्म दैनिक ६ घण्टाका लागि पूर्णरुपमा बन्द गरिनेछ । विहान ११ बजेदेखि साँझ ५ बजेसम्म बन्द गरेर सडकमा बिस्तार गर्ने योजना छ ।

यही समयमा सवारी आवत-जावतमा प्रतिवन्ध लगाइएको सडक डिभिजन कार्यालय काठमाडौं टेकुले जनाएको छ ।  अहिले यो सडकमा तराई र हेटौंडाबाट छुट्ने सुमो र बुलेरो गाडीको चाप हुने गरेको छ ।

सुरुमा सडक विस्तारको काम गर्ने र वर्षापछि मात्रै कालोपत्रे गर्ने सडक डिभिजनको योजना छ । झण्डै १० मिटरमा सडक विस्तार गरेर कालोपत्रे गर्ने डिभिजनले जनाएको छ ।

शनिबारदेखि सडक बन्द हुने समयमा सवारीहरुले विभन्न वैकल्पिक बाटो प्रयोग गर्न सक्नेछन् । फर्पिङबाट फाखेल हुँदै कुलेखानी निस्कने, त्रिभुवन राजपथबाट पालुङ हुँदै हेटौंडा जाने, त्रिभुवन पार्कबाट चन्द्रागिरी हुँदै चित्लाङ र पालुङ पुग्ने वा पूर्व-पश्चिम राजमार्ग नै प्रयोग गर्ने विकल्प सवारी चालकहरुसँग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?