+
+

संघीय गठबन्धनले राजधानीमा दिउँसो जनप्रदर्शन गर्दे

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १ गते ९:४७

Federal-Alliance१ जेठ, काठमाडौं । सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको संघीय गठबन्धनले आज जनप्रदर्शन गर्ने भएको छ । गठबन्धनले दिउँसो तीन बजे शान्तिबाटीका र रत्नपार्क क्षेत्रमा जनप्रदर्शन गर्ने तयारी गरेको छ ।

आइतबार भने सिंहदरबार घेराउको कार्यक्रम राखिएको छ । उक्त कार्यक्रमलाई लक्षित गर्दै सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ ।

यसअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मधेसी मोर्चाका संयोजक उपेन्द्र यादवले राज्यले आतंक सिर्जना गर्न खोजेको भन्दै यदि दमन गरेमा गृहयुद्ध निम्तिन चेतावनी दिएका थिए ।

संविधानमा असन्तुष्टि जनाउदै आएका मधेसवादी दलहरुले ६ महिना लामो मधेसमा आन्दोलन गरेका थिए । उक्त आन्दोलनबाट पछि हटेका उनीहरुले राजधानी केन्द्रीत आन्दोलन शुरु गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?