+
+

ट्राफिक जरिवाना बढाएको बिरोधमा यातायात व्यवसायी र मजदूर आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ४ गते १९:१५

traffice_police Checking

४ जेठ काठमाडौं । ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्नेलाई जरिवाना बढाएको बिरोधमा यातायात व्यवसायी र मजदूरहरुले जेठ १३ गते देशव्यापी चक्काजामको घोषणा गरेका छन् ।

यातायात व्यवसायी र मजदूर सम्बद्ध विभिन्न ८ वटा संगठनको मंगलबार काठमाडौमा बसेको बैठकले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गरेवापत ५ सयदेखि १५ सय रुपैयाँसम्म जरिवाना गराउन थालेको विरोधमा जेठ १३ गते चक्काजामको घोषणा गरेको हो ।

यातायात व्यवसायी र मजदूर सम्बद्ध संगठनहरुले आफुहरुसँग कुनै परामर्श नै नगरी जरिवाना बढाउने निर्णय कार्यान्वयनमा ल्याइएको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष डोलनाथ खनालको संयोजकत्वमा १९ सदस्यीय संघर्ष समिति समेत गठन गरेका छन् ।

समितिले जरिवानाको निर्णय पुनर्विचार गर्न तथा जरिवानाको रकममध्ये १५ प्रतिशत रकम ट्राफिक प्रहरीलाई दिने व्यवस्था खारेजका लागि प्रधानमन्त्री र विभिन्न्ा राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाएर दवाब दिने नेेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुण्यप्रसाद सिटौलाले जानकारी दिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियमको उल्लंघन रोक्न तथा सडक दुर्घटना न्युनीकरणका लागि भन्दै नियम उल्लंघन गर्ने सवारी चालकहरुसँग यहि जेठ एक गतेदेखि ५ सयदेखि १५ सय रुपैयाँसम्मका दरले जरिवाना असुल गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?