+
+

चिनियाँ रेलमा आएको सामान केरूङ पुग्यो, वाणिज्यलाई वास्ता छैन

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ६ गते ६:१७

Chinese-Train-to-Nepal६ जेठ, काठमाडौं ।  चीनको गान्सु प्रान्तको लान्चोउबाट नेपालका लागि सामान बोकेर छुटेको रेल सिगात्से आइपुगेको छ ।

त्यहाँबाट चिनियाँ ट्रक–कन्टेनरमा सामान केरुङतर्फ ओसार्न थालिएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

हिमालय सीमापार वाणिज्य संघका महासचिव अर्जुन गौतमले भने, ‘नेपाली सामान बोकेको रेल सिगात्से आइपुगेको छ । अहिले धमाधम सामान झार्ने काम भइरहेको छ ।’ सात दिनमै आइपुग्यो लान्चोउबाट गत बुधबार छुटेको रेलका ४३ डिब्बामा ८६ कार्गो कन्टेनर छन् ।

दुई हजार चार सय ३१ किलोमिटर दूरी पार गरेर रेल सिगात्से आइपुगेको हो । सिगात्से आइपुग्न करिब १० दिन लाग्ने अनुमान थियो, तर मंगलबार नै सिगात्से पुगेको थियो ।

केरुङमा छुट्टै यार्ड रेलबाट आएको नेपाली सामान राख्न चिनियाँ पक्षले केरुङको गिलोङ पोर्टमा छुट्टै यार्ड बनाएको छ । बुधबार केरुङ गएर फर्केका रसुवा भन्सार कार्यालयका प्रमुख केदारप्रसाद पनेरूले चारैतिरबाट घेरेर नेपाली सामान राख्न छुट्टै यार्ड राखिएको बताए ।

उनले भने, ‘त्यो यार्डमा एकपटकमा तीन सय कन्टेनर राख्न सकिने देखिन्छ ।’ १० कन्टेनरमा लोड भए सामान केरुङको गिलोङ पोर्टमा पुगेको सामानमध्ये नेपालका १० कन्टेनरमा लोड भएका छन् । ‘ती सामान चिनियाँ भन्सार जाँचपास भएर भोलि ९बिहीबार० नेपालपट्टि ९रसुवा० प्रवेश गरिसक्छन्,’ भन्सारप्रमुख पनेरूले भने, ‘त्यसपछि हाम्रो भन्सारमा जाँचपास गरिन्छ ।

व्यवसायीले कन्टेनरमा रहेका सामानको मूल्य घोषणा गरेपछि जतिसक्दो चाँडो भन्सार क्लियर गरिदिन्छौँ ।’ चिनियाँ रेलमा व्यवसायीले तयारी लत्ताकपडा, जुत्ता, चप्पल र इलेक्ट्रिक सामान ल्याएका छन् । हिमालय सीमापार वाणिज्य संघका महासचिव अर्जुन गौतम भन्छन्, ‘रेलमा घरायसी प्रयोजनका सामग्री धेरै छन्, इलेक्ट्रिक सामान पनि छन् ।’

परराष्ट्र मन्त्रालयले नेपालका लागि सामान बोकेर लान्चोउबाट सिगात्से गुडेको रेलमा रहेका सामानको सूची ३१ वैशाखमा वाणिज्य मन्त्रालयलाई पठाएको थियो ।

तर, निमित्त सचिवको समेत जिम्मेवारीमा रहेका वाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले नेपालका लागि सामान बोकेर रेल आएकोबारे कुनै सोधिखोजी नगरेको बताए ।

‘चीनबाट नेपालका लागि सामान बोकेर आएको रेल र त्यसमा के छ भन्नेबारे हामीले केही सोधिखोजी गरेका छैनौँ । हामीले रेडियोमा जे–जति सुनियो, त्यति मात्रै हो । अरू हामीलाई केही जानकारी छैन,’ उनले भने, ‘रेलमा के–के सामान आएको छ भन्ने परराष्ट्र मन्त्रालयले लेखेर त पठाएको छ । तर, सामानको कोड छ, नाम छैन, थप थाहा छैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?