+
+

मृगौला पीडितको सहयोगार्थ मगर संघ जापानको बनभोज सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १८ गते १२:५८

Banbhoj-japan1टोकियो । आइतबार चर्को घामको बेवास्ता गर्दै टोकियो आसपासका नेपाली समुदाय तथा जापानी नागरिकहरु बनभोजमा रमाए । आपसी सौहार्दता, आत्मियता र भाईचाराको निरन्तरताका लागि मगर संघ जापानले बनभोजको आयोजना गरेको थियो ।

बनभोज कार्यक्रममा नेपाली समूदाय मात्र नभई जापानी नागरिकहरुको उपस्थितीले पनि ६० औं बर्ष पुरानो नेपाल-जापान सम्बन्धलाई उजागर गरेको छ । कावासाकी सिनामारुको स्टेशन नजिकै मारुकोबासी पार्कमा सम्पन्न बनभोज कार्यक्रममा लगभग २२५ भन्दा बढी नेपाली तथा जापानी नागरिकहरुको उपस्थिति थियो ।

जापानबासी नेपालीहरुबीचको सम्बन्धलाई अझै सशक्त र प्रगाढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको संघका अध्यक्ष दिपक बुर्जा मगरले बताए । उनले भने, ‘कार्यक्रम रमाइलोको लागि मात्र नभई सामाजिक कार्यका लागि पनि समर्पित छ । हामी मृगौला पीडितको सहयोगार्थ पनि यो बनभोज कार्यक्रम गरेका हौं ।’

कार्यक्रममा उठेको रकमबाट तनहुँको शुक्लागण्डकीबासी ५५ बषर्ीय मृगौला पीडित तेजबहादुर थापामगरको उपचारार्थ आर्थिक सहयोग गर्ने संघका महासचिव योगेन थापामगरले बताए । पीडित थापामगर हाल पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका छन् ।

स्याङ्जा समाज, तमु धिं, शेर्पा संघ, नेपाल तामाङ समाज, आँपचौर समाज, खेलाडी मोहन महर्जनलगायत जापानमा क्रियाशील अन्य संघसंस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको बनभोज कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण जापानबासी नेपालीहरुमा संघले धन्यवाद ज्ञापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?