+
+

राजु तामाङ सर्वोत्कृष्ट फुटबलर घोषित, २५ लाख पाए

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १९ गते १:४०

Raju-Tamang

१८ जेठ काठमाडौं । मिडफिल्डर राजु तामाङ वर्षको सर्वोत्कृष्ट फुटबलर घोषित भएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार तामाङलाई वर्षको सर्वोत्कृष्ट खेलाडी घोषणा गर्दै नगद २५ लाख दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई चेक हस्तान्तरण गरे ।

एन्फाले यसअघि वर्षको सर्वोत्कृत खेलाडीलाई अपार्टमेन्ट दिने गरेको थियो । राकेश श्रेष्ठ, सागर थापा र रितेश थापालाई अपार्टमेन्ट दिने घोषणा गरेको थियो । तर, उनीहरुले अझै पाएका छैनन् ।

त्यसअघि उपेन्द्रमान सिंह र हरि खड्कालाई भने कार पुरस्कार दिइएको थियो । एन्फाले यो पटक भने नगद नै दिएको छ ।

कार्यक्रममा साग र बंगबन्धु कपका विजेता खेलाडीहरुलाई जनही १०/१० लाख दिइएको छ । यस्तै सागका उपविजेता महिला टोलीका सदस्यलाई १/१ लाख प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?