+
+

राष्ट्रिय एकताबाट मात्रै देशको समस्या समाधान: पूर्व राष्ट्रपति यादव

रासस रासस
२०७३ जेठ २४ गते १५:३४

२४ जेठ, दाङ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संविधानप्रति असन्तुष्टि जनाएकाहरुको मागलाई लोकतान्त्रिक विधिमार्फत पूरा गर्नुपर्ने बताएका छन् ।

Rambaran Yadavत्रिभुवन नगर जेसिज र दाङ महिला जेसिजले सोमबार घोराहीमा आयोजना गरेको युवा र गणतान्त्रिक संस्कृति विषयक कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति डा. यादवले संविधान संशोधनको बाटो खुल्ला रहेको भन्दै विधिमार्फत असन्तुष्टहरुको माग पूरा गर्नुपर्ने बताएका हुन् ।

मधेसी, थारु र जनजातिहरुको मागलाई मुख्य दलहरुले गम्भीर रुपमा लिँदै लोकतान्त्रिक विधिमार्फत पूरा गर्न संविधान संशोधनको बाटो खुल्ला रहेको डा. यादवको भनाइ छ ।

नयाँ संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको भन्दै उनले विधि र संस्कारलाई पालना गर्दै अघि बढ्नु नै संविधानको मर्म हुने धारणा राखे ।

राष्ट्रिय एकताबाट मात्रै देशको समस्या समाधान र विकास सम्भव हुने उनको भनाइ छ । संविधानले दिएको अधिकारलाई प्रयोग गर्दै लोकतान्त्रिक संस्कारको विकास गर्नुपर्ने आजको आवश्यकता भएको डा. यादवले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?